२३ माघ, काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति सेभियालाई ३-० ले पराजित गर्दै दोस्रो स्थानको रियल मड्रिडमाथि ८ अंकको फराकिलो अग्रता बनाएको छ ।
दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनाले तीन गोल गरेको थियो । बार्सिलोनाका लागि जोर्दी अल्वाले ५८औं, गावीले ७०औं र राफिन्हाले ७९औं मिनेटमा गोल गरे ।
त्यसअघि चाँडै भएको खेलमा रियल भने मालोर्कासँग १-० ले पराजित भएको थियो ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको २० खेलबाट ५३ अंक भएको छ । उति नै खेलबाट रियलको ४५ अंक छ ।
बार्सिलोनासँग पराजित सेभिया २१ अंकसहित १६औं स्थानमा छ । यो रेलिगेसन जोनभन्दा २ अंकले मात्र अघि हो ।
अन्य खेलमा रियल भाल्लाडोलिडले रियल सोसिडाडलाई तथा गिरोनाले भ्यालेन्सियालाई समान १-० ले पराजित गरेको छ ।
प्रतिक्रिया 4