
काठमाडौं । सुरक्षा पन्त र नरेन खड्काको प्रमुख भूमिका रहेको फिल्म ‘बुलाकी’ आगामी वैशाख १ गते प्रदर्शन हुने भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेका हुन् । अभिनेत्री समेत रहेकी सुहाना थापा सीईओ रहेको त्रिनेत्रम डिस्ट्रिब्युसनले यो फिल्मलाई रिलिज गर्न लागेको हो ।
यसको अर्थ स्पष्ट छ, सुहानाको होम प्रोडक्सन फिल्म ‘भगवत् गीता’ अब वैशाखमा आउनेछैन । त्यसको ठाउँमा सुहानाले आफ्नै कम्पनीबाट वितरण हुने फिल्मलाई भगवत् गीताको ठाउँमा रिलिज गर्ने पक्कापक्की भएको छ । उक्त मितिमा बुलाकी मात्र रिलिज हुने एक्लो फिल्म होइन । जारी, नाइँ नभन्नु ल, प्रसाद २ र बिहे पासले पनि रिलिज मिति तय गरिसकेका छन् । बुलाकीको घोषणाले रिलिज भिडन्त झनै पेचिलो बन्ने स्पष्ट संकेत देखिएको छ ।
बुलाकीले रिलिज मिति घोषणा गरेको यो तेस्रोपटक हो । यसअघि पनि ठूला फिल्म जुध्न आएपछि फिल्मलाई सारिएको थियो । डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।
यसैबीच, त्रिनेत्रम डिस्ट्रिब्युसन कम्पनी र फिल्म गुलाबीबीचको सहकार्य तोडिएको निर्देशक समुन्द्र भट्टले बताएकी छन् । भट्टसँगको सम्झौताबारेको तस्वीर पनि सुहानाले सामाजिक सञ्जालबाट हटाएकी छन् । तर निर्माता सुनिलकुमार थापाले सहकार्य नतोडिएको बताए ।
सुहानाको फिल्म भगवत् गीता छायांकन शुक्रबारदेखि जनकपुरबाट सुरु हुँदैछ ।
प्रतिक्रिया 4