+
+

डीएभी कलेजले आयोजना गरेको अन्तर कलेज फुटलस प्रतियोगिताको उपाधि सिद्ध कलेजलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १४:००

काठमाडौं । डीएभी कलेजले आयोजना गरेको प्लस टु अन्तर कलेज सिक्स ए साइड फुटसल प्रतियोगिताको उपाधि विनायक सिद्ध कलेजले जितेको छ । विजेता सिद्ध कलेजले पुरस्कार स्वरुप ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ । प्रतियोगिताको उपविजेता बनेको ओरियन्ट कलेजले २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएको छ ।

प्रतियागितामा टाइम्स इन्टरनेशनल कलेजका अनिस तामाङ उत्कृष्ट खेलाडी, विनायक सिद्ध कलेजका अभिषेक तामाङ उत्कृष्ट गोलरक्षक र विनायक सिद्ध कलेजकै लाक्पा तामाङ उच्च गोलकर्ता बने । तीनै जनाले जनही १५ हजार रुपैयाँ नगद, व्यक्तिगत ट्रफी र प्रमाणपत्र हात पारे ।

प्रतियोगितका विजेता तथा उपविजेता टिमका साथै पुरस्कृत खेलाडीहरुलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया र कलेजका डाइरेक्टर सुमन बस्नेतले संयुक्त रुपमा पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको कलेजले जनाएको छ । प्रतियोगितामा ३२ वटा कलेजहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?