+
+

नेपाल क्लियरिङ हाउसको अध्यक्ष बने दयाराम शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १८:४०

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा दयाराम शर्मा चयन भएका छन् । २०३औं सञ्चालक समितिको बैठकले शर्मालाई क्लियरिङ हाउसको अध्यक्षमा चयन गरेको हो ।

अध्यक्ष शर्मालाई एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले सपथ ग्रहण गराएकी छन् ।

तत्कालीन अध्यक्ष रामबहादुर मानन्धर नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भएपछि शर्माले क्लियरिङ हाउसमा प्रतिनिधित्व गरेका हुन् । नेपाल क्लियरिङ हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रबर्द्धित कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?