+
+

अमेरिकी रोग नियन्त्रण केन्द्रले भन्यो- भारतमा उत्पादित ओभर द काउन्टर आइड्रप प्रयोग नगर्नुस्  

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १३:०१
प्रतीकात्मक तस्वीर

काठमाडौं । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले भारतमा उत्पादित ओभर द काउन्टर आइड्रप प्रयोग नगर्न चेतावनी दिएको छ । उक्त आइड्रपमा जीवाणुको संक्रमण देखिएकाले प्रयोग नगर्न सीडीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अफ्रिकी मुलक गाम्बिया र मध्यएसियाली मुलुक उज्वेकिस्तानमा भारतीय कम्पनीको कफ सिरपको प्रयोग गर्दा बालिकाको मृत्यु भएपछि औषधि निर्माता उक्त भारतीय कम्पनीमाथि प्रश्न उठेको थियो । त्यसपछि चेन्नाईस्थित ग्लोबल फर्मा हेल्थकेयर कम्पनीबाट उत्पादित उक्त आइड्रप जाँच गर्दा यस्तो तथ्य देखिएको जनाइएको छ । उक्त आइड्रपको प्रयोग गरे आँखाको दृष्टि गुम्नुका साथै मृत्युको समेत जोखिम हुने सीडीसीको चेतावनी छ ।

अमेरिकी एजेन्सीले गरेको एक अध्ययनअनुसार भारतका १२ राज्यका ५५ जनामा आइड्रपमा जीवाणु संक्रमण भएको देखिएको छ । उक्त जीवाणु एन्टीबायोटिक औषधिका लागि प्रतिरोधी देखिएको छ । उक्त आइड्रपको प्रयोग गर्दा एक जनाको मृत्यु भएको छ भने तीन जनाले आँखाको दृष्टि गुमाएका छन् ।

अमेरिकी औषधि एजेन्सीले उक्त आइड्रपको प्रयोगले आँखामा संक्रमणको जोखिम मात्र नभई दृष्टिविहीन हुन सक्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?