
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी जनचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्रजातन्त्र दिवस (७ फागुन) को अवसर पारी अस्पतालको नर्सिङ ट्रेनिङ हलमा कार्यक्रम आयोजना हुने अस्पतालले जनाएको छ ।
दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागीहरुको निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4