
२४ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली प्रविधि (टेक्नोलोजी) लाई प्राथमिकता दिन नसकेको बताएका छन् ।
मंगलबारदेखि सुरु भएको ‘क्यान इन्फोटेक-२०२३’ को उद्घाटन समारोहमा बोल्दै उनले टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा नेपाल धेरै नै अघि बढिसकेको बताए । तरपनि सरकारले नेपाली इन्जिनियरहरुले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको उनको भनाइ थियो ।
टेक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँगपनि प्रतिष्पर्धा गर्नसक्ने अवस्थामा नेपाल रहेको भन्दै ढकालले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिनु आवश्यक रहेको बताए ।
सरकारले जबसम्म नेपाली सफ्टवेयर एवं टेक्नोलोजीलाई प्राथमिकता दिएर अघि बढाउने प्रयास गर्दैनन् तबसम्म यो क्षेत्रले फड्को नमार्ने उनले बताए ।
प्रतिक्रिया 4