+
+

स्मरणशक्ति बढाउन बिजुलीको झट्का

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १८:१८

काठमाडौं । दिमाग तेज बनाउनका लागि बदाम ओखर खाने होइन बिजुलीको हल्का झट्का खाँदैछन् मानिसहरु, त्यो पनि घरमै । कोभिडका बेला चर्चित भएको फगिङको ट्रेण्डपछि अब घरमै दिमागको उत्तेजना बढाउने (at–home brain stimulation)  प्रविधिको क्रेज बढिरहेको छ ।

त्यस अन्तर्गत मानिसको टाउकोमा इलेक्ट्रोड लगाएर केही मिनेटका लागि विजुलीको झट्का दिइन्छ । अनौठो त के भने यस्तो दिमागी झट्का दिने किटको अनलाइन बिक्री समेत सुरु भैसकेको छ ।

कोभिड संक्रमणपछि मानिसहरुमा लगातार स्मरणशक्ति कम हुने, बिर्सिने तथा कुनै कुरामा फोकस कम हुने जस्ता समस्या बढिरहेका छन् । यसलाई ब्रेन फग अर्थात् दिमागी तुवाँलो भनिन्छ । यसले मानिसको स्मरणशक्ति देखि फैसला लिने क्षमतासम्ममा असर पारिरहेको छ ।

यहीँ ब्रेन फगलाई हटाउनका लागि कोही मानिसहरुले पोषणमा ध्यान दिइरहेका छन् भने कसैले व्यायाममा ध्यान दिइरहेका छन् । त्यस्तै कतिपय मानिसहरु यस्ता पनि छन् जसले आफैलाई बिजुलीको हल्का झट्का दिइरहेका छन् ।

के हो ब्रेन फग ?

यो आफैंमा कुनै रोग वा स्वास्थ्य समस्या नभई रोगका कारण पैदा हुने स्थिति हो । जसरी ज्वरोपछि मुख कडा हुन्छ त्यसैगरी कतिपय बिमारी पश्चात् मानिसहरुमा भुल्ने, मानसिक श्रम गर्दा थकान हुने जस्ता समस्या पैदा हुन्छन् । लामो समयसम्म बिरामी हुँदा यस्तो समस्या हुन सक्दछ ।

यस्तो समस्याबाट मुक्ति पाउन भन्दै मानिसहरुले अहिले घरमै दिमागको उत्तेजित बनाएर मस्तिष्कमा लागेको तुवाँलो हटाउने प्रयास गरिरहेका छन् ।

यसलाई At Home Brain Stimulation भनिन्छ । यसमा मानिसहरु घरमै आफ्ना टाउकोमा बिजुलीको झट्का लगाउने गर्दछन् ताकि दिमागको स्मरणशक्ति तिव्रगतिमा फर्कियोस् । प्राविधिक भाषामा यसलाई ट्रान्सक्रेनियल डाइरेक्ट करेन्ट स्टिमुलेसन अर्थात् tDCS भनिन्छ ।

यसमा मानिसको टाउकोमा इलेक्ट्रोड जडान गरिन्छ ताकि मस्तिष्कसम्मै हल्का विद्युतीय झट्का पूराउन सकियोस् । करिब २० मिनेटका लागि यस्तो गरिन्छ ।

अमेरिकामा पछिल्लो समय बढिरहेको दिमागमा विजुलीको झट्का दिने क्रेजप्रति विज्ञहरु भने चिन्तित छन् । कोरोनाका कारण कम भएको स्मरणशक्ति फर्काउनका लागि दिमागमा बिजुलीको झट्का दिने प्रक्रिया प्रभावकारी हुने कुरामा उनीहरुले आशंका व्यक्त गरेका छन् ।

एट होम स्टिमुुलेसन मस्तिष्कका लागि फाइदाजनक हुनुको साटो झनै हानिकारक हुनसक्ने उनीहरुको शंका छ । २० वर्षको उमेरसम्म मानिसको मस्तिष्क विकास भैरहेको हुन्छ । त्यसैले यदि त्यो उमेरसम्मका व्यक्तिको मस्तिष्कमा विजुलीको झट्का दिनाले मस्तिष्कमा मस्तिष्कमा उल्टो असर पर्नसक्दछ । यो होमकिट एक प्रकारको ड्रग्स जस्तै हुनेछ । यो होमकिट घरमा हुँदा त्यसको दुरुपयोग पनि बढ्न सक्छ । त्यसैले अक्सफोर्ड तथा याले विश्वविद्यालयले यसको व्यावसायिक प्रयोगलाई नियमन गर्नु पर्ने बताइरहेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?