
काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आईएमई डिजिटल सोलुसनको मोबाइल वालेट आईएमई पेको प्रयोग गर्ने छ ।
हालै सम्पन्न सम्झौतापत्रमा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरे ।
सम्झौता अनुसार महानगरलाई स्थानीयहरुले तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यावसायिक करहरु सजिलै आईएमई पे एपबाट तिर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4