
काठमाडौं । ‘भ्यालेन्टाइन डे’(प्रणय दिवस) अर्थात १४ फेब्रुअरीका दिन कवि तथा गीतकार बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको छ ।
‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको उदेश्य ‘लभ इज इन दि एयर’ राखिएको छ । काठमाडौंको मण्डला थिएटरमा २ फागुन दिउँसो ३ः४५ बजेदेखि कवि चौधरीले प्रेमसँग सम्बन्धित एक दर्जन बढी कविता बाचन गर्ने कार्यक्रम रहेको छ ।
उक्त दिन कवि चौधरीको दुईवटा पुस्तक ‘मेरा गीत’(गीतहरुको संग्रह) र ‘जीवनमन्त्र–२’(सुक्ति संग्रह) समेत लोकार्पण गरिने कार्यक्रम रहेको छ । ।
केही समयअघि उनका ८५ वटा कविताहरुको संग्रह ‘तिमीविनाको म’ सार्वजनिक भएको थियो । यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन् । त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो । ‘मेघा’देखि ‘तिमीविनाको म’सम्म उनका एकदर्जन कृतिहरु प्रकाशित छन् ।
प्रतिक्रिया 4