
२५ माघ, हेटौंडा । मकवानपुरको रामधुनी सिमसारमा घाँस काट्न गएकी एक महिला बाघको आक्रमणमा परेर घाइते भएकी छिन् ।
हेटौंडाको रामधुनीकी ५७ वर्षीय मइतीकुमारी बयलकोटी रहेको प्रहरीले जनाएको छ । ढाड, निदार र ओठमा चोट लागेकी उनको हेटौंडामा उपचार भइरहेको छ ।
उक्त क्षेत्रमा केही दिनदेखि घरपालुवा जनावर बाख्रा, सुँगुरगाई निरन्तर बाघले आक्रमण गरिरहेको स्थनीयबासिन्दाले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4