
२६ माघ, काठमाडौं । सिरियामा भूकम्पले भत्किएको एउटा घरभित्र जन्मेकी नवजात शिशुको उद्धार भएको छ ।
भूकम्पको भग्नावशेषबाट शिशुको उद्धार गर्दै गरेकोे भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उद्धारकर्ताहरुले ती शिशुलाई आमाको गर्भनालमा जोडिएकै अवस्थामा फेला पारेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सिरियाको अलेप्पो प्रान्तको अफ्रिन भन्ने शहरमा गर्भवती अफ्रा अबु हदिया भूकम्पले घर भत्केपछि घरभित्रै अड्केकी थिइन् । र उनले घर भत्केपछि शिशुलाई जन्मदिएको हुन सक्ने उद्धारकर्ताहरुले बताएका छन् ।
‘भग्नावशेषबाट बच्चा रोएको आवाज आएपछि हामीले त्यसलाई पछ्यायौं,’ एक जना उद्धारकर्ताले भने, ‘हामीले आमाको सालनालसँगै रहेको एउटा बच्चा भेट्यौं र उसलाई जीवितै निकाल्यौं ।’
उद्धारकर्ताहरुले आमालाई भने बचाउन नसकेको बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उद्धार गरिएका शिशुलाई सिरियाकै सुविधा सम्पन्न अस्पतालमा भर्ना गरिएएको छ ।
हदियाका छिमेकी रमादान सलेमनका अनुसार नवजात शिशुको परिवारका सबैको भूकम्पमा परेर मृत्यु भइसकेको छ । ती नवजान शिशु मात्र परिवारको एक्लो सदस्य हुन् ।

टर्कीको हतायामा पनि उद्धारकर्ताहरुले भग्नावषेशबाट एक जना नवजात शिशुको उद्धार गरेको बताएका छन् ।
सोमबार टर्कीका केन्द्रबिन्दु भएर ७.८ र ७.५ म्याग्निच्युटको भूकम्प गएको थियो । जसको कारण टर्कीका साथै छिमेकी देश सिरियामा समेत जनधनको क्षति भएको छ । टर्की र सिरियामा गरेर अहिलेसम्म १६ हजारको मृत्यु भइसकेको छ ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4