+
+

यी हुन् ५ संकेत, जब कोही प्रेममा पर्छन्

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ माघ २६ गते १७:३०

काठमाडौं । प्रेमका महान् व्याख्याता ओशो भन्छन्, ‘प्रेमको कुनै भाषा हुँदैन । प्रेमको फूल मौनतामा फुल्छ । प्रेम संगीत हो, प्रेम नै मधुर प्रतिध्वनि हो ।’

अहिले प्रणय दिवस (भ्यालेन्टाइन डे) सप्ताह चलिरहेको छ । हुन त प्रेमका लागि कुनै याम जरुरी हुँदैन । तर समय र सन्दर्भले कतिपय कुरालाई थप रंगीन बनाइदिन्छ, मधुर बनाइदिन्छ ।

वैंसालु जोडीहरू जब प्रेममा पर्छन्, उनीहरू भौतिक मात्र होइन भावनात्मक रूपमा पनि परिवर्तन हुन्छन् । प्रेममा परेपछि मान्छे किन परिवर्तन हुन्छ ? त्यसको कस्तो संकेत देखिन्छ ? यी कुरा निकै रमाइला लाग्छन् ।

आफ्नो स्याहारसुसारमा बढी ध्यान दिने

जब कोही व्यक्ति प्रेममा पर्छ, उसले आफूलाई राम्रो र आकर्षक देखाउने कुरामा ध्यान दिन्छ । सफा सुग्घर हुने, चिरिच्याट्ट पारेर लुगा लगाउँछ । अरूको नजरमा आफूलाई कसरी राम्रो देखाउने, प्रेमी-प्रेमिकाको नजरमा कसरी राम्रो देखिने भन्नेमा ध्यान हुन्छ ।

धेरैजसो समय मक्ख पर्ने, मनमनै खुसी हुने 

भर्खर-भर्खर प्रेममा परेकाहरू आफैंमा खुसी देखिन्छन् । उनीहरूलाई सानोतिनो तनावले छुँदैन । सबै कुरा भुलेर आफैंमा रमाइरहेका देखिन्छन् । आफूले मन पराएका व्यक्तिलाई सम्झिएर मनमनै मक्ख पर्छन् ।

एकान्तमा बस्न रुचाउने 

प्रेममा परेकाहरू प्रायः आफ्ना साथी सर्कलबाट टाढिन खोज्छन् । एक्लै बस्न रुचाउँछन् । जमघट, भोजमा त्यति सामेल हुन रुचाउँदैनन् । एकान्तमा बस्न मन गर्छन् । एकान्तमा बसेर आफूले मन पराएको मान्छेको बारेमा सोच्न मन पराउँछन् ।

प्रेमिल संगीत सुन्न थाल्ने 

प्रेममा परेका व्यक्तिलाई गीत-संगीतले थप आकर्षित गर्छ । खासगरी प्रेमिल गीत सुन्दा उनीहरूले आफ्नो भावना अभिव्यक्त भएको महसुस गर्छन् । गीतको कल्पनामा डुबेर शब्दशब्दमा हराउन थाल्छन्, त्यसका पात्रमा आफूलाई खोज्न थाल्छन् ।

आफ्ना प्रेमी वा प्रेमिकासँग नजिकिने बहाना खोज्ने

आफ्नो प्रेमी वा प्रेमिकासँग कसरी बोल्ने, कसरी नजिकिने भन्ने कुरामा उनीहरूको ध्यान धेरै जान्छ । आफूले प्रेम गरेको व्यक्तिसँग भेट्न र बोल्न नयाँ नयाँ बहाना बनाइरहेका हुन्छन् । घरबाट पनि बहाना बनाएर निस्किएर प्रेमी वा प्रेमिकालाई भेट्न जान्छन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?