
२६ माघ, विराटनगर । प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१९ का ४२ वर्षीय सञ्जीवकुमार साह रहेका छन् ।
प्रहरीले बुधबार राति भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार सञ्जीवकुमार साहको साथबाट ९ लाख २० हजार रूपैया बरामद गरेको हो ।
साह बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइकलमा सवार थिए ।
विराटनगर–१० राति साढे ८ बजे चेकजाँच गर्दा उनको साथबाट रकम बरामद भएको थियो ।
बरामद रकमको स्रोत नखुलेको प्रहरीले बताएको छ । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने प्रहरीले बताएको छ ।
पक्राउ परेका पुरुषमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4