+
+

एमाले प्रदेश १ को इन्चार्जमा गौतम

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १८:२३

२६ माघ, काठमाडौं । नेकपा एमालेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ । केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले गौतमलाई प्रदेश १ को इन्चार्ज बनाएको हो ।

यसअघि देवराज घिमिरे इन्चार्ज थिए । प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि उनले पार्टीको सम्पूर्ण भूमिकाबाट अलग भएका छन् ।

यस्तै धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी शीला यादवलाई दिएको छ । रामचन्द्र मण्डलले मधेस प्रदेशको सभामुख भएपछि धनुषा इन्चार्ज लगायतका पार्टीको भूमिकाबाट अलग भएका थिए ।

अर्थ योजना विभागको प्रमुखमा डा. बिन्दा पाण्डे र अपाङ्गता क्षेत्र हेर्ने विभागको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?