
२६ माघ, काठमाडौं । बैंकहरुले ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको अवस्था देखिएमा ऋणीले पेश गरेको लिखित कार्य योजनामा राष्ट्र बैंकले ताकेका आधार मूल्यांकन गरेर बैंक तथा वित्तीय संस्था विश्वस्त भएमा मात्रै कर्जालाई पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
यसअघि ऋणीले पेश गरेको कर्यायोजनमा बैंक विस्वस्त भएमा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने व्यवस्था रहेकोमा अब भने ऋण तिर्न क्ष्मतामा ह्रास आएको यकिन हुनुपर्ने व्यवस्था गरेको छ ।
विहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकिकृत निर्देशन २०७८ लाई संशोधन गर्दै लागत बढेको, निर्माण अवधि बढेको अथवा नगद प्रवाह तलमाथि हुन पुगेको जस्ता अल्पकालीन कारणले आम्दानीमा ह्रास आई कर्जाको किस्ता वा ब्याज निर्धारित भाखामा भुक्तानी नभएको अवस्थालाई ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको बुझ्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै कर्जाको किस्ता वा ब्याज निर्धारित भाखामा भुक्तानी भएतापनि प्रतिकूल बाह्य अवस्था वा अन्य कुनै कारणले ऋणीको भविष्यका किस्ता वा ब्याज निर्धारित भाखामा भुक्तानी हुन नसक्ने अवस्था सिर्जना भएमा, ऋणी कम्पनी नेपाल स्टक एक्सचेन्जबाट डिलिस्टि भएमा वा डिलिस्टि हुने प्रक्रियामा रहेमा तथा कर्जाको किस्ता वा ब्याज भुक्तानीको लागि ऋणीको वास्तविक वित्तीय अवस्था वा अनुमानित वित्तीय अवस्था पर्याप्त नभएमा ऋण तिर्ने क्षमतामा ह्रास आएको बुझ्नसकिने उल्लेख छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा अनुपात ७ प्रतिशत नाघेपनि शाखा कार्यले खोल्ने सक्ने व्यवस्था गरेको छ । यसअघि निष्कृय कर्जा ५ प्रतिशत नाघेको बैंक तथा वित्तीय संस्थालाई शाखा कार्यालय विस्तारमा रोक लगाइएको थियो ।
प्रतिक्रिया 4