
काठमाडौं । सामसङले ग्यालेक्सी एस२३ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । २५ माघमा हायात होटलमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले ग्यालेक्सी एस२३ सिरिज सार्वजनिक गरेको हो । ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरु सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ ।
सामसङका सहउपाध्यक्ष सुङजुन पार्क, सामसङका निर्देशक प्रणयरत्न स्थापित, नायक अनमोल केसी र मिस नेपाल २०२२ की प्रियंका रानी जोशीले संयुक्त रुपमा एस२३ सिरिज सार्वजनिक गरेका हुन् ।
ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामेराका साथ सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित रहेकोले संसारलाई शार्पर फोकसमा ल्याइदिने सामसङका निर्देशक स्थापितले बताए । यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन ८ जेन २ ले दिने गेमिङ एक्सपेरियन्स्लाई कसैले मात दिन नसक्ने उनले बताए ।
नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा आफूहरु अत्यन्त उत्साहित भएको भन्दै उनले यो स्मार्टफोनले ग्रहकहरुलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरे । ग्यालेक्सी एस२३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एकस्पेरियस्का लागि डिजाइन गरिएको उनले बताए ।
कम्पनीका अनुसार प्रि–अर्डर अफर गर्ने अवधि १० फागुनसम्म वा स्टक रहेसम्म मात्र रहेको छ ।
कति छ मूल्य ?
क्र.सं | उपकरण | रङ्ग | मुल्य (ने.रु.) |
१. | ग्यालेक्सी एस२३ अल्ट्रा (१२+५१२ जीबी) | ग्रीने, फ्यानतम ब्ल्याके, क्रिम | २,०९,९९९ |
२. | ग्यालेक्सी एस२३ अल्ट्रा (१२+२५६ जीबी) | १,९१,९९९ | |
३ | ग्यालेक्सी एस२३ अल्ट्रा (८+२५६ जीबी) | ग्रीन, ल्याभेंदर | १,५१,९९९ |
४. | ग्यालेक्सी एस२३ अल्ट्रा (८+२५६ जीबी) | ग्रीन, क्रिम | १,२७,९९९ |
प्रतिक्रिया 4