+

मेस्सीले च्याम्पियन्स लिग नकआउटको पहिलो लेग गुमाउन सक्ने

२०७९ माघ  २७ गते १३:२५ २०७९ माघ २७ गते १३:२५
मेस्सीले च्याम्पियन्स लिग नकआउटको पहिलो लेग गुमाउन सक्ने

२७ माघ, काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीले चोटका कारण च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्धको प्रि–क्वाटरफाइनलको पहिलो लेग गुमाउने सम्भावना रहेको छ ।

ह्यामस्ट्रिङ चोटका कारण यस हप्ताको खेल उनले गुमाउन सक्ने पीएसजीले जनाएको छ ।

पीएसजी र बायर्नबीचको च्याम्पियन्स लिगको पहिलो लेग पीएसजीको मैदानमा १४ फेब्रुअरीमा र दोस्रो लेग बायर्नको मैदानमा ८ मार्चमा हुँदैछ ।

कप डि फ्रान्सको प्रि–क्वाटरफाइनलमा मार्सेसँग २–१ ले पराजित भएको खेलमा मेस्सीले ह्यामस्ट्रिङको समस्या भोगेका हुन् ।

मार्काका अनुसार मेस्सीले यसै साता मोनाकोविरुद्ध हुने फ्रेन्च लिग वानको खेल पनि गुमाउने छन् ।

विश्वकप विजेता अर्जेन्टिनी कप्तान मेस्सी बायर्नसँगको च्याम्पियन्स लिगको दोश्रो भिडन्ता लागि भने टोलीमा फर्कने सम्भावना रहेको पीएसजीले बताएको छ ।

मेस्सीको चोटले पीएसजीलाई संकट

प्रशिक्षक क्रिस्टोफ गाल्टियरलाई मेस्सीले चोटले थप जटिलता थपेको छ ।

पीएसजीले यसअघि चोटकै कारण फ्रेन्च फरवार्ड केलियन एमबाप्पेलाई गुमाइसकेको छ ।

उनी तिघ्राको चोटका कारण एक महिना मैदान बाहिर छन् । उनी बायर्नसँगको दोस्रो लेगमा फर्कने अपेक्षा गरिएको छैन ।

जसका कारण पीएसजीले पहिलो नकआउट खेलमा दुई महत्वपूर्ण खेलाडीहरु बिना खेल्नु पर्ने हुन सक्छ ।

च्याम्पियन्स लिग पीएसजी लियोनेल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय