+
+

नियमावली मस्यौदा समिति बैठकमा सांसदबीच चर्काचर्की

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १३:४१

२७ माघ, काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा शुक्रबार सांसदहरुबीच चर्काचर्की नै परेको छ ।

बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह बोलिरहेका थिए । उनी फौजदारी अभियोगको टुङो नलाग्दासम्म कुनै पनि सांसदलाई निलम्बन गर्न नहुने बताउँदै थिए । यत्तिकै मुद्दा लगाइदिन नसक्ने उनको तर्क थियो ।

लामो समय लिएको भनेर समितिका सचिव एकराम गिरीले ‘बैठकलाई छोट्याउनुपर्छ की’ भनेर सभापतिलाई सुझाए । त्यसपछि अमरेस रिसाए । सांसद सिंहले भने, ‘मलाई रोक्नुस् भन्न मिल्छ ?’ त्यसपछि सांसद सिंहले भने, ‘हामीलाई थाहा छैन, तपाई एमालेको कार्यकर्ता हो।’

केही बेर दुवैजानबीच भनाभन जस्तो भयो । अन्य सांसदले अमेरस सिंहलाई तोकेर आरोप-प्रत्यारोप गर्न नमिल्ने भनी सम्झाए । सुवास नेम्वाङले सचिवले सभापतिलाई आग्रह गरेको र त्यो मान्ने/नमान्ने सभापतिमा भर पर्ने बताए ।

त्यसपछि सांसद सिंह सभापतिले मानिसकेको उल्लेख गर्दै बैठक बहिस्कार गर्ने चेतावनी दिएर आफ्नो सिटबाट उठे । अन्य सांसदले गलत सन्देश जाने भन्दै उनलाई रोके । अमरेश बसे र नियमावली मस्यौदा समितिको बैठक निरन्तर अगाडि बढ्यो। बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?