
२७ माघ, सुर्खेत । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन भएको छ । अध्यक्ष गुरुङको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
मुटुमा दुखाइ बढेपछि उनलाई बिहीबार जिल्ला सदरमुकाममा रहेको मेडिकलमा ल्याइएको थियो । मेडिकलबाट उपचार हुन नसकेपछि सोही दिन राति नै फिर्ता गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान फेरि मुटु दुखेपछि गुरूङलाई सरकारी गाडीमै सदरमुकाम ल्याइएको थियो । उनलाई अस्पताल पुग्नै लाग्दा हृदयघात भएको थियो । दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
७५ वर्षीय गुरूङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये जेष्ठ सदस्य थिए । २०७४ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4