
काठमाडौं । तन्नेरीपुस्ता माझ चर्चित गायिका वर्तिका एम राई र गायक युगल गुरुङबीच शुक्रबार परम्पराअनुसार विवाह भएको छ । ललितपुरको मानभवनस्थित क्रिस्टल ब्यांक्वेटमा आफन्त र साथीभाइको उपस्थितीमा यो सांगीतिक जोडीले विवाह गरेको हो ।
गत असोज २४ गते दुईले इन्गेजमेन्ट गरेका थिए । प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गरेका यी दुईजना केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । वर्तिका र युगल पछिल्लो पुस्तामाझ चर्चित कलाकार हुन् । अमेरिकाको न्यूयोर्क सहरमा उनीहरुले एकसाथ सो-फार नामक सांगीतिक प्रस्तुति पनि दिएका थिए ।
वर्तिकाका ‘विम्बाकाश’ र ‘तरल’ गीत युवापुस्तामाझ चर्चित छन् । सरल शब्द, सशक्त कम्पोजिसन र काव्य शैलीको कारण उनका गीत रुचाइन्छन् । युगल चाहिं लण्डनमा बसोबास गर्दै आएका गायक हुन् । सन् २०१२ देखि उनी ‘हामी’ ब्याण्डका ड्रमर समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4