+
+

भारतीय विदेश सचिव सोमबार नेपाल आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १४:३५

२७ पुस, काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन् ।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने छ ।

क्वात्राले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री बिमला राई पौड्याल लगायतका उच्च पदाधिकारीसँग भेट्ने कार्यक्रम छ । नेपालका लागि भारतको पूवराजदूत समेत रहेका क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिने श्रोतले जनाएको छ ।

फागुन १ गते सोमबार नेपाल आउने क्वात्रा मंगलबार भारत फर्कने परराष्ट्र मन्त्रालयले आज शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?