
२७ माघ, काठमाडौं । राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई लाठी हानेको छ । त्यसको विरोधमा वीर अस्पताल र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर आन्दोलन थालेका छन् ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न गएकी थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो ।
डा. जनिथ सिंह वीरबाट ट्रमामा जान खोजेका थिए । तर प्रहरीले उनलाई पनि लाठीचार्ज गरेको र टाउकोमा चोट लागेको चिकित्सकहरुले बताएका छन् ।
घटनाको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् । घटनामा संलग्न प्रहरीले माफी माग्नुपर्ने माग राखेको ट्रमा सेन्टरका प्रशासन शाखा प्रमुख नवराज गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4