
२८ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सवारी साधनलाई विलासिताको वस्तुमा परिभाषित गर्न नहुने बताएका ाछन् ।
शुक्रबार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६ औं वार्षिक साधरण सभामा उनले राज्यले अर्बौ रुपैयाँ लगानी गरेको सडकमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने बताएका हुन् ।
‘अटोमोबाइल्समा विलासिताका सवारी साधन पनि होलान् । तर अटोमोबाइल्स विलासिताको वस्तु होइन । यो आवश्यकताको वस्तु हो । यसमा कुनै दुविधा हुन सक्दैन । आवश्यकता र विलासिताको सम्बन्धमा मानकहरु परिवर्तन हुँदै जान्छन् । विगतको एक समयमा मोबाइल फोनको प्रयोग पनि विलासिताको वस्तु मानिन्थ्यो । तर अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको छ’ उनले भने ।
अर्थमन्त्री पौडेलले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले नेपालमा विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक रहेको बताए । उनले नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउनुपर्ने पनि धारणा राखे ।
‘नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउनुपर्छ । थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौती रहेको छ । विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार छ । तर, नेपाल पुराना र थोत्रा सवारीको उद्गमस्थल बन्नबाट रोक्नु पर्छ’ उनले ने ।
अर्थतन्त्रका वाह्य क्षेत्रमा सकरात्मक परिवर्तन भइरहेपनि केही सूचक जोखिममा रहेकाले राज्यका बाध्यत्मक अवस्था निजी क्षेत्रले पनि बुझ्नुपर्ने अर्थमन्त्री पौडेलले बताए ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नयाँ सरकार आएसँगै उत्साह थपिएको बताए । व्यवसायी उत्साही बने पनि सवारी साधनको व्यवसाय भने ८० प्रतिशतले घटेको बताए ।
प्रतिक्रिया 4