
चौपाया बनेर मर्ने यिनीहरूको लागि बज्ने,
यो कस्तो बिदाईको घण्टी हो ?
बन्दुकहरुको दानवीय क्रोध मात्र ।
केवल धर्मराइरहेका राइफलहरुको तिक्ष्ण आवाजमा ।
के तिनीहरूले हतारमा प्रार्थना बाहिर निकाल्न सक्छन् ?
अब तिनीहरूका लागि कुनै उपहास छैन;
न प्रार्थना छ न त बिदाईको घण्टी;
न त शोकको कुनै आवाजले गायकलाई बचाउँछ,
विलौना गर्नेहरूको, तिक्ष्ण र पागलपनको शरीरलाई।
उदास मन्दिरहरू अनि विगुलहरु तिनीहरूलाई बोलाउँछन् ।
कस्ता मैनबत्तीहरु राख्न सकिन्छ ती सबैलाई गति दिन?
ती केटाहरुको हातमा होइन, तर उनीहरूको नयनमा
बिदाईको पवित्र चमक चम्किनेछ ।
केटीहरुको रंगहीन निधार कात्रो बन्नेछ;तिनीहरूले चढाएका फूलहरू धैर्यवान् मनको कोमलता हो।
र प्रत्येक व्यस्त साँझ दृष्टिविहीनहरुका रेखाचित्रको पर्दामा ।
विलफ्रेड ओवेनको कविता ‘एन्थेम फर डुम्ड युथ’ को श्याम गैरेले गरेको भावानुवाद ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4