
काठमाडौं । कहिलेकाहीँ अचम्मका घटना हुन्छन् । इटालीका एक जना १९ वर्षका युवकले सोसल मिडियामा भाइरल हुनका लागि यस्तो दाबी गरे कि सबै मानिस हैरान भए ।
गत वर्ष मेमा ७६ वर्षकी महिलालाई प्रेमिका भनेर चिनाएका इटालियन नागरिक जोसेफ डी अन्नाले गत हप्तामाथि प्रेमिका गर्भवती भएको घोषणा गरेका थिए ।
आफ्नी ७६ वर्षीया प्रेमिका मिलिना गट्टाले छिट्टै बच्चा जन्माउने तयारीमा रहेको उनको दाबी थियो । उनले आफ्नी गर्भवती वृद्धा प्रेमिकासँगको तस्वीर र भिडियो पनि शेयर गरे ।
गत मेमा प्रेम सम्बन्ध सार्वजनिक गरेका मिलिना र जोसेफ सामाजिक सञ्जालमा भाइराल भएका थिए । उनीहरुको प्रेम सम्बन्धले मिश्रित प्रतिक्रिया पाएको थियो ।
कतिपयले त उनीहरुलाई ट्रोलसमेत गरेका थिए । इन्स्टाग्राममा उनीहरुका फलोअर्स भनेका बढेका थिए ।
७६ वर्षकी प्रेमिका मिलिना गर्भवती भएको घोषणा गरेपछि जोसेफको धेरै आलोचना भयो । उनीहरुको इन्स्टाग्राम पोस्टमा कमेन्ट गर्नेहले ७६ वर्षकी मिलिना गर्भवती हुन असंभव रहेको समेत बताएका थिए ।
अहिले भने जोसेफले आफ्नो र मिलिनाको सम्बन्ध नै झुटो रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा भाइरल हुनका लागि आफूहरुले यस्तो गरेको पनि स्पष्ट पारेका छन् ।
वास्तवमा मिलिना आफ्नी हजुरआमा रहेको भन्दै उनले सुरुवातमा मजाकका रुपमा उनीसँगको एउटा भिडियो क्लिप सोसल मिडियामा अपलोड गरेको र त्यो भाइरल भएपछि थप भाइरल हुनका लागि प्रेमिका गर्भवती भएको दाबी गरेर अर्को भिडियो बनाएको बताएका छन् ।
प्रतिक्रिया 4