
२९ माघ, काठमाडौं । नेपाली सेना स्थापनाको २६० औं वार्षिकोत्सवमा हुन लागेको कार्यक्रमका सहभागी हुन नेपालले भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई निम्तो दिएको छ ।
सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शिवरात्रीका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन पाण्डेलाई निमन्त्रण पठाइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘उहाँसहित मानार्थ महारथीको पदवि पाउनु भएका पूर्वसेना प्रमुखहरुलाई पनि निम्तो पठाएका छौं, को को आउनु हुन्छ । टुंगो लागिसकेको छैन ।’
नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको दज्र्यानी चिह्न दिने परम्परा छ ।
सेना दिवसको अवसरमा सैनिक बढाइँ तथा सैनिक कला प्रदर्शनसहित विभिन्न कार्यक्रम हुँदैछ । सैनिक मञ्च टुँडिखेलमा सेनाले स्थापना दिवस मनाउने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4