
२९ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले तरलता र ब्याजदरका समस्या नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका उपकरणका माध्यमबाट सम्बोधन गर्ने प्रयास गर्दै आएको बताएका छन् ।
आइतबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसदमा प्रस्तुत गरेपछिको सांसदले उठाएको प्रश्नको जवाफ दिंदै उनले आम उपभोक्ता नागरिक र निजी क्षेत्रको अपेक्षा अनुरुप भने हुन नसकेको बताए ।
तर, ब्याजदर र तरलताको समस्या समाधान गर्न राष्ट्र बैंकले गम्भीर भएर लागेको उनले बताए । ‘राष्ट्र बैंकले बजारको अवस्था हेरेर सन्तुलित मौद्रिक नीतिका माध्यमबाट यसलाई सम्बोधन गर्न प्रयास गरेको छ । त्यसले नै यो समस्याको दीगो समाधान गर्छ’ उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4