
२९ माघ, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगञ्जले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट ईनर्वा बस्ने २५ वर्षीय प्रवेश कुमारलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बीआर ०५ एभी ३४७७ नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनले हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको त्यो रकमको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।
उनको साथबाट १ हजार दरको ७ सय ५० थान र १ सय दरको ५ सय थान नोट फेला परेको छ ।
उनलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4