
२९ माघ, गोरखा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले केही दिनमै गृहमन्त्रीको टुङ्गो लाग्ने बताएका छन् ।
आइतबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको राजनीतिक कामको व्यस्तताका कारण गृहमन्त्री नियुक्तिमा ढिलो भएको बताए ।
माअोवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले सबै पक्षको सहमतिमा राष्ट्रपति चयन गर्न उपयुक्त हुने बताए ।
‘प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसदमा एक प्रकारको राष्ट्रिय सहमति नै देखापर्यो, त्यही आधारमा सबै पक्ष मिलाएर सबैको सहमतिमा राष्ट्रपतिको निर्णय गर्नु उपयुक्त हुन्छ’, उनले भने ।
जुनसुकै दलबाट राष्ट्रपति चयन हुन सक्ने भन्दै श्रेष्ठले सहमतिका लागि प्रयास भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4