+
+

आईएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता

आयो प्रणय दिवसको फिल द एअर अफर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १२:२६

काठमाडौं । आईएमई पे र चन्द्रागिरि हिल्सबीच प्रणय दिवसको अवसरमा फिल द एयर नामक अफर सञ्चालन गर्ने सम्झौता भएको छ । अफरअनुसार आईएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट काट्दा चन्द्रागिरि हिल्सका विभिन्न राइड्सहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

सीमित समयका लागि मात्र लागु भएको यस अफर मार्फत प्रयोगकर्ताहरुले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागु हुने) टिकट जित्ने मौका पनि पाउने कम्पनीको भनाइ छ । सो टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुनेछ ।

यी दुई कम्पनीबीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ । २८ माघदेखि १ फागुनसम्म आईएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरुले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?