
१ फागुन, काठमाडौं । राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राष्ट्रिय भेलाले भेलाले कमल रजवार (बम) को संयोजकत्वमा केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेको छ ।
समितिलाई महाधिवेशन व्यवस्थित र विधिसम्मत ढंगले सम्पन्न गर्ने कार्यादेश दिइएको छ । माघ २८ र २९ गते काठमाडौंमा भएको भेलाले सबै जिल्ला र क्याम्पस तहमा संगठन आक्रामक ढंगबाट विस्तार गर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
त्यस्तै स्ववियु निर्वाचनमा त्रिवि अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा संगठनको उमेदवार खडा गर्ने र संगठनको सम्पूर्ण शक्ति स्ववियु निर्वाचनमा परिचालन गर्ने निर्णय पनि भेलाले गरेको छ ।
विद्यार्थीले हरेक वर्ष पाठ्यपुस्तक छपाइ, वितरणमा भोगेको समस्या र सास्तीलाई दृष्टिगत गर्दै समयमै पाठ्यपुस्तक छपाइको प्रक्रिया प्रारम्भ गर्न संगठनले माग गरेको छ ।
प्रतिक्रिया 4