
१ फागुन, काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले ५ प्रतिशत लाभांश दिने भएको छ । १ फागुन सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजारको ४.७५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २५ फागुनमा साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनाका लागि कम्पनीले १० फागुनमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार प्रस्तावित लाभांश ९ फागुनसम्म कायम सेयरधनीले मात्रै प्राप्त गर्न सक्नेछन् ।
प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित भएपछि सेयधनीले पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4