
१ फागुन, काठमाडौं । यातायात मजदुरको आन्दोलनका कारण सोमबार दिनभर बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाविरुद्ध आन्दोलित उनीहरुले दिनभर नै सडकमा बस तेर्सायाएर आवागमन अवरुद्ध गरे ।
आन्दोलनकारीहरुले साँझपख माछापोखरी चोकमा रहेको अस्थायी प्रहरी बीट र प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका छन् । यतिबेला सो क्षेत्र तनावग्रस्त रहेका हाम्रा सम्वाददाता चन्द्रबहादुर आलेले बताएका छन् ।
यातायात मजदुरको आन्दोलनले दिनभर अस्तव्यस्त बनेको त्यस क्षेत्रको अवस्था नितेश शर्माले ड्रोनमा कैद गरेका छन् । ड्रोन भ्यूमा हेर्नुहोस् बालाजु क्षेत्रमा यातायात मजदुरको आन्दोलन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4