+
+

८४ वर्षकी वृद्धा हत्याको आरोपमा छोराबुहारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १८:५९

१ फागुन, तनहुँ । तनहुँको बन्दीपुरमा ८४ वर्षकी वृद्धाको हत्या आरोपमा उनका छोरा र बुहारी पक्राउ परेका छन् ।

बन्दीपुर गाउँपालिका- ३ शेराटारमा ८४ वर्षकी माया सर्किनीको हत्या आरोपमा छोरा ४७ वर्षका राज कुमार सार्की र बुहारी ३५ वर्षकी सुशीला मजकोटीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता मोहन बहादुर खाँणले जानकारी दिए ।

सोमबार बिहान गाई गोठमा आगो लगाएको अवस्थामा प्रहरीले मायाको शव भेटेको थियो । गोठमा शव जलाउने क्रममा वस्तुभाउ पनि मरेको छ ।

तनहुँका प्रहरी प्रमुख एसपी अवदेश बिष्ट क्षेत्रीले प्रारम्भिक अनुसन्धानमा छोरा बुहारी मिलेर हत्या गरेको देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?