+
+

उद्यमशीलता प्रवर्द्धन सहकार्यका लागि सञ्जाल गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते ९:४५

२ फागुन, काठमाडौं । राष्ट्रिय युवा परिषदको अगुवाइमा उद्यमशीलता प्रवर्द्धनका लागि नवप्रवर्तन तथा इन्कुवेसनमा क्रियाशील सरकारी तथा गैरसरकारी क्षेत्रका निकाय र संस्थाहरुले सञ्जाल गठन गरेका छन् ।

सोमवार उपत्यकामा विभिन्न सरोकारवालाहरुको उपस्थितिमा आयोजित कार्यक्रममा युवाहरुलाई नवप्रवर्तनमा आकर्षित गर्न सहजीकरण गर्ने उद्देश्यले सो सञ्जाल गठन गरिएको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

नवप्रवर्तन तथा इन्कुवेसनमा भएगरेका अनुभव आदानप्रदान गर्ने, सहकार्यको वातावरण निर्माण गर्ने र नयाँ सम्भावनाको खोजी गर्ने सञ्जालको मुख्य ध्येय रहेको बस्नेतले बताए । परिषदको संयोजनमा गठित खुकुलो प्रकृतिको सञ्जालमा सरकारी निकायबाट विभिन्न सरोकारवाला मन्त्रालयका प्रतिनिधि, सिटिइभिटीका प्रतिनिधि, नास्टका प्रतिनिधि, विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि, विभिन्न विश्वविद्यालयका प्रतिनिधि रहनेछन् ।

त्यसैगरी गैरसरकारी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, अन्तरप्रेरणा, आइडिया स्टुडियो, युथ इनोभेसन ल्याब, हेल्विटास्, क्रियसन नेपाल, अक्सफाम नेपाल लगायतका संघसंस्था रहनेछन् । सञ्जालमा सम्वन्धित क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी क्षेत्रका संघ संस्था थप्दै लगिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?