
२ फागुन, काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ३ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ३ हजार ३ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार र तेजावी सुनको मूल्य एक लाख ३ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।
मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ । मंगलबारकै मूल्यमा सोमबार चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4