
२ फागुन, विराटनगर । मोरङमा फागुन ११ गतेबाट हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिने भएको छ । मोरङमा ८ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सुरु गरिने भएको हो । अभियान फागुन २५ गतेसम्म सञ्चालन हुनेछ ।
मोरङमा औषधि खुवाउने उमेर समूहका ११ लाख २८ हजार ९५७ जना छन् । ती मध्ये ८० प्रतिशतलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । मोरङमा हात्तीपाइलेविरुद्ध १२ औँ चरणको अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।
हात्तीपाइलेलाई निर्मुल पार्न यो वर्ष घर–घरमा पुगेर औषधि खुवाइने उनले जानकारी दिए । अभियान सञ्चालनका लागि २ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालित हुनेछन् ।मोरङमा ११२ जना हात्तीपाइलेका बिरामी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4