
२ फागनु, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जलाई दुई नम्बरिया सहर भन्ने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
वीरगञ्जका उद्योगी व्यापारीहरुले आर्थिक नगरी भनेर दावी गरेपनि बाहिर त्यस्तो छवि नरहेको उनको भनाइ छ ।
पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले पत्रकार मनिका झालाई ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ प्रदान गर्न आयोजना गरेको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उनले वीरगञ्ज दुई नम्बरिया सहर भन्ने भ्रमबाट मुक्त पानुपर्ने बताए ।
उनले वीरगञ्जमा विभिन्न क्षेत्रमा राम्रो ख्याती कमाएका व्यक्तिहरुको बारेमा जानकारी दिन म्युजियम स्थापना गर्न आवश्यक रहेको समेत बताए ।
‘वीरगञ्जमा पनि गोतामे जी जस्तो गहना छ, गोतामे ज्यू जस्तो, महिला दिदि बहिनीहरुसँग जान्न चाहान्छु, गहना भनेको घरमै राख्ने चिज हो ? कि यसो लगाएर देखाउने कुरा पनि हो’, उनले भने ‘वीरगञ्जका त्यस्ता गहनाहरु, विभिन्न क्षेत्रका म्युजियम किन नबनाउने ? चाहे पत्रकारिता, चाहे राजनीतिक, साहित्यिक होस वा कलाकारिता क्षेत्रमा, त्यस्ता व्यक्तित्वहरुको म्युजियम बनाऔं न, कम्तीमा बाहिरबाट आएका मानिसहरुले वीरगञ्जमा यस्ता व्यक्तित्वहरु थिए भन्न सकुन् ।’
प्रतिक्रिया 4