+
+

बुटवलमा कृषि मेला सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १८:५३

२ फागुन, बुटवल । बुटवलमा मंगलबारदेखि ११औं कृषि मेला सुरु भएको छ । ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मुल नाराका साथ सुरु भएको कृषि मेलाको उद्घाटन नेपाल उद्योग वाणिजय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले गरेका छन् ।

मेलाको उद्घाटन गर्दै ढकालले नेपाल कृषिप्रधान मुलुक भएपनि वर्षेनी खर्ब बढीको कृषिजन्य वस्तु आयात भइरहेको भन्दै स्वदेशमै मल कारखाना स्थापना, समयमै मल, बिउ र सिंचाइको व्यवस्था गर्न सके आयात प्रतिस्थापन भई ब्यापार घाटा कम हुन जाने बताए ।

कृषि प्रधान मुलुकमा २३ अर्ब सोयाबिन, १८ अर्बको चामल र ९ अर्बको तरकारी वर्षेनी आयात हुने गरेको भन्दै ढकालले यो अवस्था अन्त्य गर्न स्थानीयदेखि केन्द्रसम्मका सरकारको ध्यान जानुपर्ने बताए ।

सरकारले मूल्य नतोक्दा, बजारीकरणमा लगानी नगर्दा र चिस्यान केन्द्र अभावमा किसान र ग्राहक दुवै मर्कामा परेका उनले बताए । मुलुकको अर्थव्यवस्था सुधारको लागि कृषिको व्यवसायीकरण, यान्त्रिकरण, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनु पर्ने बताउँदै उनले यसतर्फ सरकार पनि गम्भीर हुनु पर्ने भनाइ राखे ।

ढकालले मुलुकको अर्थतन्त्र सुधारको दिशामा अघि बढेकाले निराश नहुन उद्योगी व्यवसायीलाई आग्रह समेत गरे ।

बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको कृषि मेला ६ फागुनसम्म चल्ने छ । कृषि मेलामा ‘प्रथम पोर्क फेष्टिवल’ समेत आयोजना गरिएको छ । पोर्क फेष्टिवललाई मेलाको प्रमुख आकर्षणको रुपमा लिईएको छ ।

मेलामा प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवा सम्बन्धि जानकारीमुलक र पोर्क पेष्टिवलका समेत गरी ५० स्टल समावेश गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराए ।

कृषिका अत्याधुनिक प्रविधि तर्फ धान रोप्ने मेसिन, बालि काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिचाई प्रविधि, हाइड्रोपोनिक्स, मौरी पालन, जैविक मल लगायतको प्रदर्शनी गरिने छ । त्यस्तै कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल र दुग्धपान प्रतियोगिता, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी तथा विक्रि वितरण तथा कृषिमा आधारित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने छ ।

उपत्यका बाहिर २०४१ सालमा पहिलो पटक बुटवलमा औद्योगिक व्यापार मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालमा पहिलो पटक विशिष्टिकृत कृषि मेला आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?