+

राष्ट्रिय मुवाँथाइ बिहीबारदेखि

२०७९ फागुन  २ गते १९:०१ २०७९ फागुन २ गते १९:०१
राष्ट्रिय मुवाँथाइ बिहीबारदेखि

२ फागुन, काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा छैटौं राष्ट्रिय मुवाँथाइ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ७ प्रदेश, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब र एनआरएनएका ६० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

पुरुषमा ७ र महिलामा ३ गरी १० स्पर्धामा खेल हुनेछ । चारदिने प्रतियोगिताका खेलहरु कलंकीस्थित नेसनल बिज्नेस ट्रेड सेन्टरमा खेलाइने छ ।

मुवाथाई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय