+

घरेलु भूमिमा जितको खुसी (तस्वीरहरू)

२०७९ फागुन  २ गते १९:५८ २०७९ फागुन २ गते १९:५८
घरेलु भूमिमा जितको खुसी (तस्वीरहरू)

२ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिबियामाथि कीर्तिमानी जित हात पारेको छ ।

घरेलु मैदानमा पाएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालले ओडीआईमा बनाएको यो २८७ रन अहिलेसम्मकै ठूलो स्कोर हो । नेपाललाई जिताउन कुशल भुर्तेलले ११५ रनको शतकीय पारी खेलेका थिए ।

भुर्तेलले पाएको रोहितकुमार पौडेलको बलियो साथ अनि बलिङतर्फ करण केसीको ५ विकेट नेपालको जितको आधार रहे ।

कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाका माइकल भान लिगेनले बनाएको १३३ रनसमेत छायामा पर्‍यो ।

नेपाल र नामिबियाबीचको खेल तस्वीरमा हेर्नुहोस् : 

 

  

 

नेपाल भर्सेस नामिबिया
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय