
काठमाडौं । नेपाल चलचित्र संघले गोंगबु बसपार्कस्थित ल्होत्से मलमा रहेको आईएनआई सिनेमा हलमा भएको तोडफोडप्रति दुःख व्यक्त गरेको छ । साथै समाजले क्षतिपूर्तिको माग पनि गरेको छ ।
महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरी हल तोडफोड र लुटपाटमा संलग्नलाई कारवाहीको माग गरिएको छ । आफ्नो सदस्यलाई प्रत्यक्ष रुपमा मर्का परेको समेत संघले जनाएको छ ।
गत सोमबार यातायात मजदुरले गरेको आन्दोलन उत्तेजक बन्दा हल तोडफोड भएको थियो भने मलमा रहेको मोबाइल पसल लुटिएको थियो । तोडफोडबाट हलमा १५ लाख रुपैयाँभन्दा बढी क्षति पुगेको जनाइएको छ ।
घटनापछि मंगलबार उक्त सिनेमा हल रह्यो । बुधबारदेखि भने हल सञ्चालनमा आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4