
एउटा कुरा भनौं ?
चेसमा सबैभन्दा सानो पावर मानिने पिउस
मन्त्रीभन्दा शक्तिशाली छ
केवल अर्जुन दृष्टिले हेर त
एउटा पिउसले पिउस अनि मन्त्री दुवैको काम गर्न सक्छ
तर मन्त्री त पिउस बन्न सक्दैन नि
हैन र ?
तर अपसोच
पिउसलाई मन्त्री बन्न
दिने र नदिने यो समाजमा धेरैछन्
त्यस्ता घोडा, ऊँट र हात्तीहरु
तर पनि मलाई त
ऊँट र हात्तीभन्दा घोडाबाट
धेरै डर लाग्छ
अरे उट र हात्ती त
केवल दुनाको सोझो गर्छन्
र
सिधा सिधा हिंड्छन्
तर खै मलाई चाहिं घोडाको
पछाडि पनि आँखा हुन्छ जस्तो लाग्छ
अनि अलि सजक बनिदिन्छु
समाजका धेरै घोडाहरु
जसले देखाउछन् एउटा र गर्छन् अर्को
कुन बेला राजालाई चेक लगाएर
मन्त्री नै टप्काउँछ
भन्नै सकिन्न
कुनै घोडाहरु सोच्छन् होला कि
राजा मौन बस्छ
अनि गति पनि ढिला छ
तर राजा नहुँदा गेमको अस्तित्व के हुन्छ ?
अहिलै महसुस गर त्यस्ता घोडाहरु
आजको समाजमा धेरै पिउसहरु हेपिएका छन्
तर त्यही समाजमा
घोडा, ऊँट, हात्ती मिले भने
पिउस पनि मन्त्री बन्न र बनाउन सकिन्छ
वा ! वा ! वा !
गेममा आठ पिउसको आठ मन्त्री
र
पहिलाको मन्त्री गरी
नौ मन्त्रीको समायोजनले त
जस्तोसुकै चेस मास्टरलाई पनि हराउन सकिन्छ
सोचौं हामी के पिउसलाई बचाउँदा त
चेस मास्टरलाई हराउन सकिन्छ भने
बचाऔं हामी सबै मिलेर
हरेक आमाका पिउसहरु
जुन मिनेटमा २५९
घण्टामा १५५४०
र
दिनमा ३७२९६०
चेस गेम खेल्न तयार छन् ।।
प्रतिक्रिया 4