+
+

राष्ट्रपति भण्डारीले गरिन् आयुर्वेद शिक्षण अस्पताल भवनको उट्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १३:३३

३  फागुन, दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न गरेकी छन् ।

दाङ तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले  उद्घाटन गरेकी हुन ।

सो अवसरमा राष्ट्रपति भण्डारीले भवनको अवलोकन पनि गरेकी छिन । ०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त भवन २०७४ असार मसान्तमा निर्माण सम्पन्न भएको थियो ।

नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो । उक्त भवन ३ तला र १ सय ८ कोठाहरु छन् ।

तल्लो तलामा आयुर्वेद अस्पताल सञ्चालनको व्यवस्था मिलाइएको छ। उक्त भवनमा आयुर्वेद विएएम्एस्‌को पठनपाठन भइरहेको छ । जसमा विभिन्न व्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?