+

जर्ज मुन्सेको शतकमा नामिबियालाई हराउँदै स्कटल्याण्ड बन्यो लिग टु विजेता

२०७९ फागुन  ३ गते १४:२३ २०७९ फागुन ३ गते १४:२३
जर्ज मुन्सेको शतकमा नामिबियालाई हराउँदै स्कटल्याण्ड बन्यो लिग टु विजेता

३ फागुन, काठमाडौं । स्कटल्याण्ड आइसीसी क्रिकेट विश्वकप लिग टुको विजेता बनेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा नामिबियालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बनेको हो ।

७ देश सम्मिलित लिग टुमा यो जितसँगै स्कटल्याण्डको ४८ अंक भएको छ । सबै ३६ खेल खेलेको ओमान ४४ अंकसहित दोश्रो स्थानमा छ ।

स्कटल्याण्डसँग पराजित नामिबियाको भने ३२ खेलबाट ३७ अंक छ र उ तेस्रो स्थानमा छ । २५ खेल खेलेको नेपाल भने छैटौं स्थानमा छ ।

त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले जर्ज मुन्सेको सानदार शतकमा बिना विकेट भेट्टायो । मुन्सेले ६१ बलमा १०३ रनको अविजित पारी खेले । उनले १२ चौका र ७ छक्का प्रहार गरे ।

अर्का ओपनर काइल कोजरले ७२ बलमा ४६ रन बनाए । उनीहरुले १५४ रनको अविजित साझेदारी गर्दै स्कटल्यान्डलाई जिताएका हुन् ।

यसअघि, टस जितेर फिल्डिङ रोजेको स्कटल्यान्डले कसिलो बलिङ गर्र्दै ३९.२ ओभरमा १५३ रनमा नामिबियालाई अलआउट गरेको थियो । नामिबियाका लागि ओपनर ब्याटर लो हान्ड्रे लोरेन्सले सर्वाधिक ५४ रन बनाए । उनी एक मात्रै ब्याटर थिए, जसले नामिबियाका लागि टिकेर खेलेका थिए । लोरेन्सले ८८ बल खेल्दै ५ चौका प्रहार गरे ।

अर्का ओपनर कार्ल ब्रेकनस्टोक ४ रनमा स्टम्पिङ भए । जेन ग्रिनले २५ रन बनाए । कप्तान ग्रहार्ड इरास्मस गोल्डेन डक भए । पिक्की या फ्रान्सले ११ रन र बर्नाड स्कोल्ट्जले ३९ बलमा ३० रन बनाए । बेन शिकोन्गो १ रनमा अविजित रहे भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्यान्डका लागि माइकल लिस्कले ८.२ ओभर बलिङ गर्दै ४ विकेट लिए । साफ्यान शारिफ र मार्क वाटले समान ३–३ विकेट लिएका थिए ।

लिग टु क्रिकेट स्कटल्याण्ड क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय