
३ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ टर्कीको टोली टर्कीको भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री लिएर पुगेको छ ।
संघका टर्की महासचिव विनोद पौडेलका अनुसार गैरआवासीय नेपाली संघको टोली १५ हजार अमेरिकी डलर बराबरको राहत सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो । प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यान्न, लत्ताकपडा र उद्दार सामग्री वितरण गरीएको पौडेलले अनलाइनखबरलाई बताए ।
भूकम्प प्रभावित क्षेत्रमा रहेका ३३ जना नेपालीलाई सुरक्षित स्थानमा पठाइएको पनि पौडेलले बताए । टर्की समेत हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार भूकम्प प्रभावित क्षेत्रमा रहेका सबै नेपाली सुरक्षित छन् । सम्पर्कमा आएका ३३ जना नेपालीमध्ये एक जना सामान्य घाइते भएको पौडेलले बताए ।
गैर आवासीय नेपाली संघको टोलीले भूकम्प प्रभावित क्षेत्रमा अन्य नेपाली रहेको वा नरहेको पनि खोजी गर्ने महासचिव पौडेलले बताए ।
प्रतिक्रिया 4