
फाइल तस्वीर
३ फागुन, काठमाडौं । यात्रुबाट बढी भाडा लिएको आरोपमा ९ जना ट्याक्सी चालकलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट बुधबार ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा तोकीएको भन्दा बढी भाडा लिने ९ जना ट्याक्सी चालक फेला परेपछि ट्राफिक प्रहरीले कारबाही गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
प्रवक्ता भट्टका अनुसार नियमविपरीत चलाउने १७ जना मोटरसाइकलका चालकलाई पनि आजै ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4