+
+

म्याद नाघेका साढे २२ लाख मूल्यको बियर जफत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १९:१५

३ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएको बियर बिक्री गर्ने दुई गोदाममा छापा मारेको छ । जसबाट साढे २२ लाख रूपैयाँ बराबरको विभिन्न ब्रान्डका बियर बरामद भएको विभागले जनाएको छ ।

काठमाडौंको सिनामंगलमा रहेको सीके ट्रेडिङमा छापामार्दा उक्त परिमाणमा उपभोग्य मिति सकिएको बियर बरामद भएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । यस्तो बियर भोजभत्तेर तथा रात्रिकालीन रेष्टुरेन्ट व्यवसायमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए ।

विभागले मंगलबार पनि उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङबाट बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?