
३ फागुन, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरबाट बिचौलिया आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का ३३ वर्षीय अनिल साह र महोत्तरीकै एकडारा गाउँपालिका –३ का ३५ वर्षीय विरेन्द्र साह रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार दुबैजनालाई बुधबार दिउँसो यातायात कार्यालयमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गराइदिने भनेर आर्थिक लाभ लिइरहेको गोप्य सूचनाको अधारमा पक्राउ गरिएको हो ।
तोकेको भन्दा बढी कर शुल्क लिइरहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4